१, शहिद ठुलकुमार श्रेष्ठ

नेपाली समाजमा रहेको वर्गिय शोषण, उत्पिडन र सबै खाले विभेदहरुको अन्त्य गर्दै दीर्घकालिन जनयुद्ध गरेर नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने उदेश्यले २०५२ साल फागुन १ गते शुरु गरिएको जनयुद्धका एक क्रान्तिकारी योद्धा थिए शहिद ठुलकुमार श्रेष्ठ । उहाँको जन्म २०२० मंसिरमा दा्ेर्पाको दोबेलामा बुवा भिमबहादुर श्रेष्ठ र आमा खडग लक्ष्मी श्रेष्ठको कोखमा भएको थियो । परिवारको एकलो छोरा श्रेष्ठको बाल्यकाल कृषि र चेतनाको उर्वर ठाउँ दोर्पाको दोवेलामा नै वित्यो । सरस्वती मावि दिक्तेलबाट प्रथम श्रेणीमा एसएलसी र भोजपुर क्याम्पसबाट बीकम पास गरेका श्रेष्ठ भुमिगत हुन अगाडि कालिका मावि खार्मीमा शिक्षक हुनुुहुुन्थ्यो । ठुलकुमार श्रेष्ठ र शान्ति श्रेष्ठका ३ छोरी सानै हुँदा २०५५ साल पौष २७ गते उहाँले शहादत प्राप्त गर्नु भएको थियो ।
२०५२ साल साउन १७ गते सौरभ फोटो स्टुडियो रहेको घरमा ने क पा माओवादी पार्टीका केन्द्रिय सदस्य अग्नी प्रसाद सापकोटाको उपस्थितिमा बनेको जिल्ला संगठन समिति (म्इऋ)का सदस्य ठुलकुमार श्रेष्ठ विद्यालय पढ्दा बेला नै अखिल छैठाँँै मा आवद्ध हुनुहुन्थ्यो । तत्कालिन अखिल छैठौँका केन्द्रिय सदस्यको भुमिका निर्वाह गर्नु भएको थियो । शहिद ठुलकुमार श्रेष्ठ नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक केन्द्रिय सदस्य, अखिले नेपाल जनसांस्कृतिक संघ खोटाङका अध्यक्ष रहनु भएका ठुलकुमार खोटाङको एक होनाहार क्रान्तिकारी व्यक्तित्व रहनु भएको थियो ।
२०५४ साल कात्तिक ४ मा ठुलकुमार श्रेष्ठ भुमिगत अवस्थामै घर घेराउमा परि पक्राउ पर्नु भएको र ३ महिना जेल वसि २०५५ बैसाख १४ गते रिहा हुनु भएको थियो । पार्टी कामको सिलसिलामा खोटाङबाट उदयपुरको कटारी जाँदै गर्दा उदयपुरको तावाश्री गाउँको एक पसलमा खानेकुरा खोज्दै जाँदा प्रहरीले गोलि चलाई उहाँको हत्या गरियो । उहाँसँगै सिन्धुलीका चतुरमान र बसन्त श्रेष्ठको २०५५ पौष २७ गते हत्या गरियो । पार्टीमा ‘आकाश’ नामले चिनिने श्रेष्ठ स्वभिमानी, बहुमुखी प्रतिभाको धनि तथा कुशल नेता हुनुहुन्थ्यो । शहिद ठुलकुमार श्रेष्ठको नाम सुनौलो इतिहाँसमा अंकित छ । उहाँको प्रेरणाले निरन्तर क्रान्ति चलि रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *