परिचय

यस संस्थाको स्थापना वि.स.२०७५ सालमा भएको हो । यो संस्था वि.स. २०७५ मा जिल्ला प्रशासन कार्यलयमा विधिवत दर्ता भइ निरन्तर क्रियाशील छ । खोटाङ जिल्लाका महान शहीदहरुको सम्झनामा स्थापित यस संस्थाले दश वर्षे जनयुद्धका महान शहीदहरु जनयुद्धका घाइते तथा बेपत्ता परिवारको हित र कल्याणमा क्रियाशील यो संस्था गैर नाफामूलक संस्था हो । यस संस्थाको आफ्नै भवनमा पुस्तकालय र वेभसाइट सञ्चालनमा रहेको छ । शहीद परिवारका सदस्यहरुलाई छात्रवृत्ति प्रदान गर्ने शहीदहरुको जीवनी सम्बन्धी पुस्तक छपाइ तथा वृत्तचित्र निर्माण गर्ने, अध्ययन अनुसन्धान गनर्,े अन्तरक्रियामूलक, चेतनामूलक कार्यहरु सञ्चालन गर्ने कामहरु निरन्तर रुपमा संस्थाले गरि रहेको छ । यस संस्थाको ठेगाना दि.रु.म.न.पा. १ दिक्तेल बजारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *