ठुलकुमार स्मृति भवन उद्घाटन
– राजु बिक्रम चाम्लिङ
देशले रगत मागे, मलाई बलि चढाउनु
रुदिन्न मेरी आमा उनी नेपालीकी छोरी ……
इतिहासमा शहिदहरुले वलिदान गरेका कारण नै बाँच्नेहरुले सास फेर्न पाएका छौं । विश्वको महान क्रान्तिहरु मात्र होइन नेपालमा भएका परिबर्तनमा पनि तिनै योद्धाहरुले गरेको क्रान्ति र वलिदानले आज हामी नेपाली भनेर गौरव महशुष गर्न पाएका छौं । अँध्यारोमा बाँचिरहेका नेपालीहरुलाई उज्यालो मै बाँच्नु पर्छ भन्नेर विउँझाउने चेतना १० वर्षे जनयुद्धले ग्रयो । नेपालको इतिहासमा सबै क्रान्ति र आन्दोलनको उत्तिकै महत्वपुर्ण स्थान छ । तर पनि नेपालको इतिहासमा १० वर्षे जनयुद्धको इतिहासले नै विश्वमा नेपालको परिबर्तनको लागी कोषे ढुँगाको रक्तिम साँझ भनेर चिनिएको छ ।
यसै सिलसिलामा खोटाङ जिल्लाका शहादत प्राप्त शहिदहरुमध्ये क. ठुलकुमार श्रेष्ठको नाममा, ठुलकुमार प्रतिष्ठान, समाजसेवी नेत्रप्रसाद ढकालको अध्यक्षतामा गठन गरेसँगै भवन पनि निर्माण कार्यको लगाी शिलान्यास माननीय विशाल भट्टराईद्धारा उद्भाटन गरिएको अधिवक्ता जित राईले बताए । उक्त भवन रुपाकोट मझुवागडी दिक्रेल नगरपालीकाको दोर्पा चिउरीडाँडामा स्थापना गरिने भलाकाजी गुरुङले बताउनु भयो ।
जनयुद्धको संघारमा वलिदान गर्न सफल योद्धाहरु मध्ये खोटाङ जिल्लाका योद्धाहरु पनि महान् छन् । जसमा खोटाङ जिल्लामा तत्कालिन समयमा प्रथम पार्टी इन्चार्ज बाबु घिसिङद्धारा सदस्यता वितरण गरिएको चारजना नेकपा माओवादीका सदस्यहरुमा क. ठुलकुमार श्रेष्ठ, क. दिलाजी कार्की, क. डा. धनप्रसाद सवेदी र क. देवी आचार्य हुनुभएका थिए । उक्त खोटाङ जिल्लाको प्रथम नेकपा माओवादीका सदस्यहरु मध्ये क. ठुलकुमार श्रेष्ठ र क. दिलकाजी कार्कीले शहादत प्राप्त गर्नु भयो । यसै सेरोफेरोमा शहिदले आफ्नो सपना साकार पार्न जीवन वलिदान गरे तर बाँचेका नेतृत्वहरुले यसलाई सम्मान गर्न नसक्दा जनयुद्धको नैतीकता प्रति पनि प्रश्न उठाउन थालेका छन्, शहिद र वेपता परिवाहरु ।

स्मरण रहोस समाज र राष्ट्र परिबर्तनको खातिर वलिदान आफैमा महान् हो । तर शहिको रगतले मागेको परिबर्तनलाई विर्सेर नेतृत्वहरुले शहिदको नै अपमान गरे निश्चय त्यो समाज र राष्ट्रले होइन, उ आफैले आत्मग्लानी हुनुपर्नेछ । शहिदको रगत, शहिदको मूल्यांकन एक मिनेट मौनधारनमा र स्तम्भमा मात्र हैन आम नेपाली जनताको भावनामा पुर्याउने वातावरण नेतृत्व र राज्यले गर्नै पर्दछ । अन्यथा शहिद क. ठुलकुमारहरुले अढाई करोड नेपाली जनताका छोराछोरी हुँदा हुँदै उहाँहरु आफैले देशले रगत मागे, मलाई बलि चढाउनु रुदिन्न मेरी आमा उनी नेपाली की छोरी भनेर सारेको पाइलाको कुनै अर्थ रहन्न ।